सुशासन र पारदर्शिता
भ्रष्टाचारमुक्त, द्रुत र उत्तरदायी सेवा प्रवाह सुनिश्चित गर्न डिजिटल अनुगमन प्रणाली लागू गरिनेछ।
ऊर्जामा आधारित, उत्पादनमुखी, प्रविधिमैत्री र आत्मनिर्भर तनहुँ ।
दस्तावेज हेर्नुहोस्ई. श्रीराम न्यौपाने २८ वर्षको लामो इन्जिनियरिङ, शिक्षण र व्यवस्थापकीय अनुभव बोक्नुभएका एक अनुभवी विज्ञ हुनुहुन्छ । जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएका न्यौपानेले नागढुङ्गा सुरुङमार्ग र मेलम्ची जस्ता राष्ट्रिय गौरवका आयोजनाको नेतृत्व गर्नुका साथै नेपाल इन्जिनियरिङ परिषद्को बोर्ड सदस्यको रूपमा समेत महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको छ ।
उहाँको उल्लेखनीय योगदानका लागि नेपाल सरकारबाट "प्रबल जनसेवा श्री" विभूषणद्वारा सम्मानित हुनुहुन्छ । हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नं. २ का उम्मेदवार उहाँ, आफ्नो अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक दक्षतामार्फत देशको नीति निर्माण र विकासमा नयाँ दृष्टिकोण र पारदर्शिता ल्याउन प्रतिबद्ध हुनुहुन्छ ।
भ्रष्टाचारमुक्त, द्रुत र उत्तरदायी सेवा प्रवाह सुनिश्चित गर्न डिजिटल अनुगमन प्रणाली लागू गरिनेछ।
तनहुँ जलविद्युत जलाशयको बहुउपयोग र साना जलविद्युत आयोजनाको पुनः सञ्चालनमार्फत जलस्रोतको अधिकतम उपयोग गरिनेछ।
सार्वजनिक-निजी साझेदारी मोडेलमा औद्योगिक केन्द्रहरू विकास गरी स्थानीय सीप र रोजगारीलाई प्राथमिकता दिइनेछ।
आधुनिक प्रविधि, कोल्ड स्टोरेज र बजार सुनिश्चितताका माध्यमबाट स्थानीय कृषि उत्पादनको आधुनिकीकरण गरिनेछ।
"एक पालिका - एक पर्यटकीय गन्तव्य" अभियानअन्तर्गत जलाशय क्षेत्रमा साइक्लिङ-जोन सहितका पर्यटकीय स्थलहरू विकास गरिनेछ।
शुक्लागण्डकीमा उच्च स्तरको प्राविधिक शिक्षालय स्थापना गर्दै सामुदायिक विद्यालयहरूलाई स्मार्ट र प्रविधिमैत्री बनाइनेछ।
नागरिकहरूका लागि विशेषज्ञ स्वास्थ्य सेवाको सहज पहुँच सुनिश्चित गर्न स्थानीय स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गरिनेछ।
वैज्ञानिक विधिबाट प्राकृतिक स्रोतको उत्खनन गर्दै गुणस्तरीय सडक, सुरक्षित राजमार्ग बस्ती र उच्चगतिको इन्टरनेट उपलब्ध गराइनेछ।
महिला, दलित, जनजाति र युवाको सक्रिय सहभागिता सुनिश्चित गर्दै चिल्ड्रेन पार्क र नैतिक शिक्षाको विकासमा जोड दिइनेछ।